NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषामा एक युवकको लास फेला

धनुषामा एक युवकको लास फेला

चैत २३ गते ।
जनकपुरधाम :मधेश प्रदेश्को धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा लास भेटिएको छ ।

जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको लास सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डीएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।

उनका अनुसार लास भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको र लासको पोस्टमार्टमको लगि प्रदेशिक अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0