जेष्ठ ३ गते ।
जनकपुरधाम : धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं. ८ स्थित
दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा सोमबार राति गोली चलेको प्रहरीले जनाएका छन् ।
दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको प्रहरीले जनाएका छन् । अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
यता घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवाक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ।
ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।