NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषामा चौरीको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा

धनुषामा चौरीको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा


जनकपुरधाम :
धनुषामा चौरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ बर्षिय मम्ताज मन्सुरी र सोही ठाउँका २० बर्षिय रमेश कुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको छन् ।

उनीहरुलाई मंगलवार बिहान १० बजे चोरीको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

मंगलवार विहान ३ बजे स्थानीय ३० वर्षिय बेचन मुखियाको आफ्नै घरको आंगनबाट प्र।२–०२–००२प–००८५ नम्बरको टिभिएस कम्पनीको स्ट्राइकर मोटरसाईकल चोरी भएको थियो ।

प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको मोटरसाईकल धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारस्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका दुवैजनालाई मोटरसाइकलसहित चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रनि सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0