NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषामा भुत मेला : धामी सहित हजारौं श्रद्वालुको घुइँचो

धनुषामा भुत मेला : धामी सहित हजारौं श्रद्वालुको घुइँचो

मंसिर ३ गते ।

जनकपुरधाम : धनुषाको कमला नदि किनारमा आज भुत मेला लागेको छ । अज कार्तिक एवं शुक्ल पुुर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जन विश्वास सहित धामी झाक्री भाकल गर्दै कमला नदिमा पुगेर स्नान गरे अत्याधमिक शक्ति प्राप्त हुने जनविश्वास छन् ।

यस अवसरमा प्रत्येक वर्ष आजका दिन धनुषा र सिरहाको सीमा समेत छुट्याउने पवित्र नदिको रुपमा रहेको कमला नदिको किनारमा भव्य भुत मेला आयोजन हुँदै आएको छ ।

कमला नदिनमा स्नान गर्न धनुषा, सिरहा, महोतरी, सप्तरी, उदयपुर र सिमावर्ति भारतको मधुवनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका हजारौ धामी झाक्री स्नान गर्न कमला नदीमा आउने गर्दछन् भने मेला हेर्न समेत हजारौको संख्यामा मानिसहरु आउने गर्दछन् ।

धामी झाक्रि बन्ने बिश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदिमा स्नान गरेपछि कमलेस्वरी देबिले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0