NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषामा हिन्दू राष्ट्र र राजसंस्थाको माग राख्दै राप्रापाको प्रदर्शन

धनुषामा  हिन्दू राष्ट्र र राजसंस्थाको माग राख्दै राप्रापाको प्रदर्शन

साउन १४ गते ।
जनकप्रधाम : धनुषाको ढल्केवरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले विभिन्न माग राख्दै आज प्रदर्शन गरेका छन् । प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार शनिबार ढल्केवरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागिहरुले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, र महङ्गी नियन्त्रण गर’ जस्ता नारा लगाउँदै ढल्केवर चौकको परिक्रमा गदै कृषि बजारमा कोणसभा गरेको थियो ।
कोणसभामा पार्टीका अधिकांश अगुवा कार्यकर्ताहरुले हिन्दू राज्य कायम हुनुपर्ने,राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महङ्गी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए ।
उनीहरुले यि यावत् मागसहित २२ बुँदै ज्ञापनपत्र सरकारलाई बुझाएको र ज्ञापनपत्रमाथि सरकारले गम्भीरता नदेखाएकोले विरोध प्रदर्शन गरेको बताउँदै माग पुरा नहुञ्जेलसम्म विरोध प्रदर्शन जारी रहने जनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मिथिला नगरपालिका अध्यक्ष मदमबहादुर मोक्तानको अगुवाई भएको विरोध प्रदर्शनमा पार्टीका जिल्ला सदस्य बिरेन्द्र महतो, रामशरण मुखिया, नथुनी ठाकुर, क्षेत्रिय सदस्य बेचन महतो, मिथिला नगरपालिकाकी प्रत्यासी उपमेयर बबिता सुवेदीलगायत पार्टीका कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0