NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषामा ३८ हजार तिन सय ४४ मतदाता थपिए

धनुषामा ३८ हजार तिन सय ४४ मतदाता थपिए

 

पुस २५ गते ।
जनकपुरधाम : निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा धनुषामा ३८ हजार तिन सय ४४ मतदाता थपिएका छन् ।

निर्वाचनलाई लक्ष्य गरेर गत मसिंर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो संख््यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन
जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका हुन् ।

निर्वाचन कार्यालय अनुसार थपिएका मतदातासँगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0