NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

धनुषा:४ बाट दाई प्रतिनिधि सभाको उम्मेदवार र बहिनी म्यादी प्रहरी

धनुषा:४ बाट दाई प्रतिनिधि सभाको उम्मेदवार र बहिनी म्यादी प्रहरी

जनकपुर । मतदाता लोभ्याउने र कार्यकर्ता परिचालन गर्न प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरु गाउँ गाउँमा भोजभात आयोजना गर्दैछन् । तर मंगलवार बेलुकी धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित सोहनीमा फरक दृष्य देखियो । दिनभर घरदैलो कार्यक्रममा खटिएका धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार कृष्ण महतोलाई स्थानीयले रोके । उनका एजेण्डा सुनेपछि उनको पारिवारिक पृष्टभूमी सोधे । गरिबीका कारण १२ वर्षकै उमेरदेखी आमासँगै मजदुरी गरेर हुर्केर पढलेख गरेको सुनेपछि स्थानीय भावुक बने ।
गरिब युवाले पनि जनताको एजेण्डा बोकेर चुनाव जित्नुपर्छ भन्दै स्थानीयले कृष्णसँगै उनका समुहमा घरदैलोमा खटिएका युवाहरुलाई उल्टै खाना खुवाए । ‘नेताहरुले टोल टोलमा पैसाको खोलो बगाएका छन् । समाज परिवर्तन र देश बनाउने सपना हुँदाहुँदै पैसा नहुने गरिब र युवाले हिम्मत गर्न डराइरहेका छन् । हामीसँग पनि पैसा छैन् । तर दृढ संकल्प छ । यो सिस्टम सुधार गर्न मैले उम्मेदवारी दिएको हुँ । नेताले काम नगरेकाले भोज खाएर पनि जनता र कार्यकर्ता उनीहरुसँग सन्तुष्ट छैन् ।
बरु एजेण्डा र अवस्था देखेपछि हामीलाई उल्टै गाउँले भोज खुवाएर चुनावमा खट्न प्रोत्साहन दिन्छन्,’ कृष्णले भने, ‘यहाँका गरिब तथा मध्यमखाले परिवारका छोराछोरी पढ्ने स्कुल र अस्पतालको दुदर्शा छ । गरिब मान्छेले मात्र जनताका यस्ता दुःख बुझेर समाधानका लागि प्रयास गर्न सक्छन् भनेर उहाँरुले हामीलाई आर्शिवाद र हौसाला दिइरहेका छन् । आफ्नै घरबाट खाइपिई युवाहरु पनि प्रचारमा खटिएका छन् ।’ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठलाई चुनौती दिँदै २७ वर्षीय कृष्ण प्रतिनिधिसभामा उठेका छन् ।
उनको उम्मेदवारीले दुबै नेता तनावमा छन् । रिक्सामा टोल टोलमा पुगेर घरदैलो गरिरहेका कृष्णलाई युवा जमातको साथ र समर्थन छ । हाँस्य कलाकारको रुपमा मधेश क्षेत्रमा चर्चित कृष्णाको चुनावी प्रचारमा कलाकारको समुह पनि खटिएका छन् । आफ्नै घरबाट खाना खाएर कलाकारहरु टोल टोलमा निःशुक्ल सडक नाटक गरिरहेका छन् । कृष्ण मत माग्न घरदैलो गरिरहँदा उनकी कान्छी बहिनी गौरीकुमारी भने चुनावी सुरक्षामा खटिएकी छन् ।‘हाम्रो आर्थिक अवस्था धेरै खराब छ । गुजारा गर्न गा्रहो छ । ऋण छ । श्रीमान बिरामी हनुुहुन्छ त्यसैले म्यादी प्रहरीमा भर्ना भएर डयुटीमा खटेकी छु, उनले भनिन्,’ ‘आफ्नै घरबाट खाइपिई धेरैजनाले दिनरात मेरो दाईका लागि भोट माग्दै हुनुहुन्छ तर मैले माग्न नसकेकोमा भित्री मनबाट बहुत पीडा हुन्छ ।’ गौरी अहिले महोत्तरीको बर्दिबास नगरपालिकाको चोलिखा प्रहरी चौकीमार्फत सुरक्षामा खटिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0