NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

धनुषा : घरबाटै १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय प्रहरीको नियन्त्रणमा

धनुषा : घरबाटै १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय प्रहरीको नियन्त्रणमा

पुस ९ गते ।
जनकपुरधाम : जनकपुरधाममा घरबाटै १४ महिने बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय नियन्त्रणमा लिइएका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नं. १० घर भई हाल धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोक स्थित डेरा लिइएर बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधवार साँझ करिब ७ बजे देखि जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएपछि प्रहरीमा जानकारी गराएका थिए ।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारत तर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका हुन् । ठाकुरलाई बिहिवार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0