NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

धनुषा : जटही नाकाबाट ३८ लाख रुपैयाँ सहित एकजना प्रहरीको नियन्त्रणमा

धनुषा : जटही नाकाबाट ३८ लाख रुपैयाँ सहित एकजना प्रहरीको नियन्त्रणमा

 

पुस २२ गते । 

जनकपुरधाम : धनुषाको जटही नाकाबाट सशस्त्र प्रहरीले एक यूवकलाई झण्डै साढे ३८ लाख पैतिस हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका १ का २३ वर्षीय अमित कुमार यादव रहेका छन् ।

प्रदेश २ -०२ ००१ प ०४७७ नम्बरको मोटरसाइकलको ट्याँकीबाट ३८ लाख ३५ हजार रुपैयाँसहित चालक यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नगराइनका प्रहरी नायब निरिक्षक ( सइ ) सन्जय बरालले बताउनु भयो । भारतबाट जटही नाका हुँदै उनी नेपालतर्फ आइररहेका बेला शंका लागेर सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । ‘मोटरसाइकलको ट्यांकीमा बिर्कोको सट्टा नटबोल्ट लागेको थियो । शंका लागेर खोल्दा रुपैयाँले भरिएको थियो’, सशस्त्रका सइ बरालले सुनाए ।

उनका अनुसार १ सयको नोट २७ लाख, ५ सयको नोट ११ लाख, १ सयको नोट ३० हजार र ५० को नोट ५ हजार गरी कुल ३८ लाख ३५ हजार रुपैयाँ मोटरसाइकलको ट्यांकीमा रहेको थियो । उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका यादवले कहाँबाट उक्त रकम ल्याएको कुरा बताउन चाहेका छैन । स्रोतका अनुसार उनी हुण्डी कारोबारी रहेका छन् । पछिल्लो समय प्रदेश २ का जिल्लाहरुको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा रकम बरामद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0