NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

धनुषा : प्रहरी निरीक्षक यादवद्रारा ड्युटीमा रहेका महिला प्रहरीलाई यौन दुर्व्यवहार

धनुषा : प्रहरी निरीक्षक यादवद्रारा ड्युटीमा रहेका महिला प्रहरीलाई  यौन दुर्व्यवहार

फाल्गुन १८ गते ।
जनकपुरधाम : धनुषाका एक प्रहरी निरीक्षकले महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको रहस्य खुलेको छ । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भएको बताइएको छ । सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् । जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् । प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1