NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

धनुषा २ मा गंगाराम यादव र रामकृष्ण यादवबीच मुख्य प्रतिस्पर्धा

धनुषा २ मा गंगाराम यादव र रामकृष्ण यादवबीच मुख्य प्रतिस्पर्धा

मंसिर १ गते ।
जनकपुरधाम : निर्वाचनमा प्रचारप्रसारका लागि तीन दिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेका छन् । सत्तारुढ गठबन्धनबाट रामकृष्ण यादव तथा जसपा पार्टी  सामाजसेबी गंगाराम यादवबीच धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ ।

जसापा पार्टी बाट समाजसेबी गंगाराम यादव र सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवबीच  नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

समाजसेवीका रुपमा चर्चामा रहेका उनलाई  जनताले आआफ्ना समस्याहरु सुनाउन छाडेका छैनन् । सबैले अब तपाईं नेताको रुपमा हामीबीच रहनुस् एकजना स्थानियले  बताए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागी १६ जनाले उम्मेदवारी दिएका छन् ।
धनुषा क्षेत्र नं २ मा एक सय २६ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । धनुषाको क्षेत्र नं २ मा कमला नगरपालिका शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका–१ देखि ८ सम्म, हंसपुर नगरपालिका–१,४ ,६ ,९ र जनकपुरधाम उपमहानगरपालिका– १७ र १८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0