NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

नक्कली नोटसहित पासाङ भोम्जन पक्राउ

नक्कली नोटसहित पासाङ भोम्जन पक्राउ

काठमाडौं ।
प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0