NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान लिइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान लिइयो

काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान लिइएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जना प्रतिवादीले बयान दिएका हुन् । जिल्ला अदालत काठमाडौंमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो ।

३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् । पक्राउ परेका १७ मध्ये अहिलेसम्म ८ जनाको बयान लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0