जितेश मण्डल
मङ्सिर १२ गते
काठमाण्डौं : स्वश्व स्वास्थ्य संगठन डब्लूएचओले (WHO) नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो।
दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण जनाएको छ। दिल्लीस्थित क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा यी क्षेत्रमा तीव्ररुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिनसक्ने उल्लेख गरेको छ। त्यही भएर सतर्कता अपनाउन र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिन कार्यालयले आग्रह गरेको छ।
WHO की क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहका अनुसार विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ। उनले संक्रमण जोखिम अझै नटरेको भन्दै नियन्त्रणका लागि सतप्रतिशत प्रयास जारी राख्नुपर्ने बताइन्। नयाँ भेरियन्टलाई भित्रिन नदिन अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु अपनाउन डब्लुएचओले सुझाव दिएको छ