नागढुंगाबाट लागुऔषध सहित ४ जना पक्राउ
काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरि नगरपालिकास्थित नागढुंगाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएकी ४० वर्षीया सबिता खातुन, २७ वर्षीया सहनाज खातुन, ३३ वर्षका शेष अमिर र सर्लाही घर भएका अमृत चौधरी हुन् ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना।६ ख ७०३६ नम्बरको बसमा सवार ३ जनाको साथबाट प्रहरीले डायलक्स डिसी १५९ बोत्तल, फेनारगन १ हजार एम्पुल, नाइट्रोभ्याट ४ हजार ५ सय ट्याब्लेट, नुफ्रिन १ हजार एम्पुल र डाइजेपाम १ हजार एम्पुल बरामद गरेको छ ।आरोपीमध्येका अमृत चौधरी बागमती प्रदेश–०३–००१ ख २५४७ नम्बरको बसमा सर्लाहीबाट काठमाडौं आएका हुन् । उनको साथबाट ४८ बोत्तल कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1