NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नागरिकको सुरक्षा मेरो पहिलो प्राथमिकता गृहमन्त्री खाण

नागरिकको सुरक्षा मेरो पहिलो प्राथमिकता गृहमन्त्री खाण

नागरिक सुरक्षा मेरो प्राथमिकता गृहमन्त्री खाण

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आम जनताको जीवन रक्षाको लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँडले भने, ‘राज्य र सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा हो। त्यसका लागि हामी प्रयत्नशील छौँ।

कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाणले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन्।

गृहमन्त्री खानले सबै नेपालीलाइ कोरोना खोप लाउन अभान गरेको छु र खोप लगाउने कर्ममा नागरिकता  चाहिदैन बताएका हुन ।

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधिले देशका अन्य पार्टीलाई समेत प्रभाव पार्छ’, उनले भने।

उनले भने  न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको भन्दै न्यायापालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना समेत रहेको बताउनु भएका छन् ।

सुरक्षा व्यवस्थालाई थप सुधार गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ। उनले नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0