NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

नाम मधेश नभए राजधानी जनकपुरधाम नहुने : राज्यमन्त्री यादव

नाम मधेश नभए राजधानी जनकपुरधाम नहुने : राज्यमन्त्री यादव

 

पुष ९ गते ।
जनकपुरधाम : प्रदेश २ को नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन्। शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्।

प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै राज्यमन्त्री यादवले भने, ‘राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ। स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’

 

राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ, यदी मधेस तपाईलाई पसन्द छैन भने जनकपुरधामपनि हामीलाई पसन्द छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0