NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन

निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन

काठमाडाैँ ।
निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ ।

हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन् ।

बोर्डमा यस्तो आवेदन दिने आइतबार अन्तिम दिन हो। बोर्डले चैत ३१ गते दस दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो ।

हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योति, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ ।

सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेसनलले आइतबार बोर्डमा आवेदन दिएको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, रिलायन्स ग्रुपका विनोदकुमार अग्रवाल, नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको व्यक्तिगत सेयर लगानी समेत रहेको बुझिएको छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0