NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

निर्वाचनको सन्दर्भमा एमालेद्वारा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण

निर्वाचनको सन्दर्भमा एमालेद्वारा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण

निर्वाचनको सन्दर्भमा एमालेद्वारा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण

नेकपा एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ । विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमिततार बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ । एमालेले पत्रमा मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको पनि उल्लेख गरेको छ ।

पार्टीका उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको एमालेको दाबी छ । यस्तै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले आयोगलाई आग्रह गरेको छ ।

यस्तो छ एमालेले आयोगलाई बुझाएको १० बुँदे ध्यानाकर्षण–पत्र
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौ“ ।
विषयः अनियमितता र बुथ कब्जा भएको स्थानमा पुनः मतदान गर्ने सम्बन्धमा ।
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएको सम्बन्धमा सोही दिनमा नै नेकपा
(एमाले)का उम्मेदवारहरुले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए । आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ ।
२. यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ ।
३. यसरी नै स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकव्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
४. यसरी नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मा.वि. मतदान केन्द्र, ऐ को वडा नं ३ को मष्टेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ७ को नाटेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ८ को नवदुर्गा आधारभुत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा नं २ को मालिका मा.वि. मतदान केन्द्र, ऐ वडा नं ४ को खापरदेवस्थली मा.वि., बुढीगंगा नगरपालिका वडा नं ७ शारदा मा.वि. मतदान केन्द्र, ऐको वडा नं ४ थमा मा.वि मतदान केन्द्र, ऐ वडा नं ८ को गिरिखेल्ने आधारभुत विद्यालय मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, ऐ को वडा नं. ७ को घटाल आधारभुत विद्यालय, ऐ को वडा नं ९ को हिमाली आधारभुत विद्यालय र हिमाली गाउँपालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय र ऐ को वडा नं ६ को बढीमालिका मा.वि. मतदान केन्द्रमा बुथ कब्जा गरेको, एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
५. उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस् ।
६. सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दवावमा स्थगित मतगणना स्थगित गरिएको छ । मतगणना पुनः सुरु गरियोस् ।
७. धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने ।
८. काभे्र जिल्ला निर्वाचन क्षेत्र नं. १ को ख मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनुपर्ने ।
९. निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ती सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु÷गराउनु निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौं ।
१०. यसरी नै मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल छ । नेकपा (एमाले)का उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0