NSW News

५ बैशाख २०८१, बुधबार
ENGLISH

निर्वाचन अचार संहितालाई खुल्लेआम उल्लंघन गर्दै नेकपा एमाले वडा अध्यक्ष सिंह

निर्वाचन अचार संहितालाई खुल्लेआम उल्लंघन गर्दै नेकपा एमाले वडा अध्यक्ष सिंह

स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ ।

तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् ।

साझा पद धारण गरेका व्यक्तिहरुले खुलेर प्रचारप्रसार तथा भोट माग्न गाउँ गाउँ जाँदा निर्वाचन आचारसंहिताको नै धज्जी उडिरहेको नेकपा एमालेबाट महोत्तरीको जलेश्वर नगरपालिका वाडा नंबर ८ का वडाअध्यक्ष विजय कुमार सिंहले घरदैलो कार्यक्रममा जनताको घरघर पुगेर भोट मान्दै घुमिरहेको छ ।

वडाध्यक्ष सिंहले महोत्तरी क्षेत्र नं . ३को (ख) मा नेकपा एमालेकी उम्मेदवार रामदयाल मण्डलसंगै घरदैलो कार्यक्रममा घुमिरहेको स्थानीयवासीले बताउँछन् ।निर्वाचनको रौनकसँगै स्थानीय सरकारका वडाध्यक्षहरु खुलेर पार्टीको प्रचारप्रसारमा गर्दै हिँडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0