NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

निर्वाचन बिथोल्न देशभर २३ वटा समूह सक्रिय-गृहमन्त्रालय

निर्वाचन बिथोल्न देशभर २३ वटा समूह सक्रिय-गृहमन्त्रालय

विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन बहिस्कार गरिरहेका विभिन्न २३ समुह निर्वाचन बिथोल्न सक्रिय रहेको जानकारी दिएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५-७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’
प्रवक्ता पोखरेलले निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरूका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेकाे बताउदै उनले मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने बताए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0