एकीकृत प्रगतिशील इन्जिनियर समूह को केन्द्र बाट केन्द्रीय सदस्य पदमा ई संजिव नारायण यादवले आफुलाई मतदान किन गर्ने ? भनेर चुनावी एजेन्डासहित प्रस्तुत भएका छन् । केन्द्रीय सदस्य पदको उम्मेद्बार ई संजिव नारायण यादवले नेपालको समाजिक कार्य देखी लिएर ईन्जिनियर को हकहित सहित बेरोजगार साथीहरु को लागी रोजगार सिर्जाना गराउने कार्य देखी ईन्जिनियर साथीहरु संग भईरहेको दमन को बिरोद्धमा युद्ध झै अगाडी बढने, बिकाश र प्रविधि हस्तान्तरण गर्ने व्यक्ति को रुपमा चिनिन्छन्।
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण इन्जिनियरहरुलाइ एकतावद्व गर्न र नेइएका गतिविधि जोड्ने प्रविधिको बिकाश गर्ने मुख्य चुनौती रहेको बताउँछन् । हरेक बर्ष हजारौं इन्जिनियरहरु उत्पादन भएका छन् तर, तिनको रोजगारीको ग्यारेन्टीको लागि नेपाल सरकार र सम्बन्धित निकायहरुमा दरबन्दी बढाएर इन्जिनियरहरुको उचित व्यवस्थापनको लागि काम गर्ने र न्यूनतम र वैज्ञानिक पारिश्रमिक अनिवार्य लगू गर्ने मुद्धालाई आफ्नो चुनावी एजेण्डा स्वरुप जोडदार रुपमा उठाएका छन् ।
‘इन्जिनियर र आर्किटेकको एकतालाई हामीले मुख्य एजेन्डाका साथ अगाडी बढाएका छौ’, उमेर हदको विषयमा पनि उनी असन्तुष्ट छन र परिवर्तन गर्न चाहन्छन् । ‘मुख्यत यस भन्दा अगाडीका नेइएका टिमले उम्मेद्बारी हकमा उमेर हद बन्दी राखेर नेइएलाई थप राजनीतिककरण गरेका छन, जुन अप्रजातान्त्रिक र अप्रगतिशिल छ । यसलाई बदलेर सम्पुर्ण नेइए सदस्यले स्वस्फूर्त उम्मेद्बारी दिन पाउने व्यवस्था गर्ने मेरो प्रतिवद्धता छ’।
विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई विशेष व्यवसायिक स्वास्थ्य र सुरक्षा को व्यवस्था गरिनेछ ।नेइएलाई राजनीतिक रुपमा ग्रसित हुन बाट बचाइ विशुद्ध पेशागत, निश्पक्ष, पारदर्शी समाबेशी र समाजबादको बाटोमा लैजानको लागि मेरो उम्मेद्बारी रहेको छ ।’
साथै उहॅाले सम्पूर्ण ईन्जिनियर आर्किटेक्ट समाज संग आफनौ क्रम संख्या नम्वर १ मा मत सहित सातै प्रदेश र केन्द्रीय टिम को नेतृत्व अध्यक्ष पदको उम्मेदवार डा हरिराम पराजुली टिमलाई मतदान गर्न आग्रह गर्नु भएको छ।