NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आफ्नै कार्यकर्ता माथि कुटाकुट

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आफ्नै कार्यकर्ता माथि कुटाकुट

कैलाली
पुष- २५

मतदान गर्न ढिलो भकोको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन ठाउको प्रतिनिधिहरुले झै झगड़ा गरी तोडफोड गरेका छन् ।

आज आइतबार दिउसो देखि मतदान गर्ने भनिएको तर साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थलमाको हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकिएको भन्दै प्रतिनिधीहरुले निर्वाचित समितिलाई राजीनामा दिन माग गरिरहेका छन् ।

निर्वाचन समितिका अधिकारीक वयक्तिले भने मतपत्र छपाइमा टेक्निकल समसीय भको कारणले ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन ढिलो बताएका छन् र ‘पानी परेका कारण उम्मेदवारी दर्ता प्रक्रिया केही लम्बियो,’ एमाले अधिवेशन कैलालीका मुख्य निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले भने, ‘ढिला उम्मेदवारी दर्ता हुँदा मतपत्र छपाइ गर्न ढिलाई भयो, जसका कारण समयमै मतदान हुन सकेन ।’

कैलालीमा एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । रतन थापा समूहले रातिनै भएपनि मतदान गरिनुपर्ने अडान लगेको छ, भने चन्द पक्षले भोलि बिहानदेखि मात्रै मतदान हुनुपर्ने अडान राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0