NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

नेकपा एमाले मधेशीको पनि पार्टी भएको : अध्यक्ष केपी ओलीको भनाई

नेकपा एमाले मधेशीको पनि पार्टी भएको : अध्यक्ष केपी ओलीको भनाई

 

भदौ २७ गते ।
जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले एमाले श्रमिक, सुकुम्बासी र भुमिहिन र मधेशीहरुकै पार्टी भएका हुन् बताउनुभयो । नेकपा एमाले पार्टी मधेशीको पार्टी हो, पहाडिया र हिमालीलगायत आम नेपालीको पार्टी भएकोले आफुहरुलाई विश्वास गर्न आग्रह समेत गर्नुभएको छ ।

जनकपुरधाममा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले हजारौको संख्यामा मधेसी समुदायका नेता, कार्यकताहरु पार्टीमा हुनुहुन्छ, अन्य पार्टी परित्याग गरि प्रवेश गर्दै हुनुहुन्छ, तर पनि केही पार्टी र नेताहरुको नजरमा एमाले पहाडियाको पार्टी मात्रै भएको आरोप अशोभनिय भएको बताउनुभयो ।

 

नेकपा एमालेको अगाडी पाँच दलिय गठबन्धनले फरक पार्न नसक्ने बताउनुभयो । पाँच दलिय गठबन्धनसंग लडन् एमाले एक्लै काफी रहेको बताउँदै उहाँले एमालेको हैसियत काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्डलाई थाहा छ बताउनुभयो । गठबन्धनका नेताहरुको अनुहारमा चमक हराउँदै गएको बताउँदै उहाँले देशभर एमालेमा प्रवेशको लहर चलेको बताउनुभयो ।

मंसिर ४ गते हुने निर्वाचनको तयारीमा एमालेका नेताहरुलाई खट्न आग्रह गर्दै जनताको पक्षमा र देशलाई अन्धकारमय हुनबाट बचाउन एमाले अग्रसर रहेको बताउनुभयो । उहाँले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जसपा, लोसपालगायतको पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने नेता कार्यकताहरुलाई राजनितिक शोषण नगर्ने बताउनुभएको छ । तपाईहरुको नेकपा एमालेमा आवागमनलाई पार्टीले सकारात्मक रुपमा लिएको र देशमा पाँच दलिय गठबन्धनलाई कडा रुपमा जवाफ दिने बताउनुभयो ।

धनुषाको क्षेत्र नं। २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गर्नुभयो । क्षेत्र नं। २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0