NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

नेपालको तीसौं प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

नेपालको तीसौं प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

नेपालको तीसौं प्रधानन्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् ।

उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि उनलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरी शपथ खुवाएका छन् ।

कार्की सात वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश भएका थिए। त्यतिखेर उनीसहित केही न्यायाधीशलाई राजनीतिक भागबण्डामा ल्याइएको भन्दै विवाद भएको थियो । करिअरमा अब्बल न्यायाधीशहरूलाई प्रधानन्यायाधीश बन्ने बाटो छेकेर उनलाई रोल क्रममा पारेको भन्दै त्यतिखेरको न्यायपरिषद नेतृत्व विवादमा आएको थियो ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता कार्की राजीनामा गरेर सर्वोच्च अदालतको न्यायाधीश हुन आएका थिए ।

केही दिनअघि सेतोपाटीसँगको कुराकानीका क्रममा उनले ओलीको जोडबलमा न्यायाधीश भएको भन्ने प्रश्नले नै आफूलाई सबभन्दा धेरै बिझाएको बताए ।

आफूले कुनै र कसैको राजनीतिक स्वार्थ पूरा नगरेको उनले बताए । आफ्नो नियुक्ति कुनै राजनीतिक अभिष्ट पूरा गर्न थिएन भन्ने आफूले प्रमाणित गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0