NSW News

६ असार २०८१, बुधबार
ENGLISH

नेपालमा नाई, सैलुन ब्यवसायीहरुको अवस्था गम्भिर चार ओटै नाई संघ मौन

नेपालमा नाई, सैलुन ब्यवसायीहरुको अवस्था गम्भिर चार ओटै नाई संघ मौन

काठमाण्डौ । देशमा नाई, सैलुन ब्यवसायीहरुको हकहित, अधिकारको लागी ४ ओटा नाई संघ स्थापना भएका छन् । २०५२ सालमा पहिलो पटक राजाराम ठाकुरको अध्यक्षतामा नेपाल नाई संघ गठन भएको थियो । त्यस यता नेपाल नाई टेड युनियन लगाएतका नाई संघहरु दर्ता भएर आएका छन् । तर जुन नाई, सैलुन ब्यवसायीहरुकोे लागी संघ खोलियो ती नाईहरुको अवस्था दिनदिनै दैनिय बन्दै गएको छ ।
नेपाल आयल निगले पटकपटक पेट्रोलियम पदार्थमाको मुल्य बृद्धि गर्दा देशमा अत्याधिक महंगी बढेको हुनाले सैलुन ब्यवसायीको लागी आवश्यक क्रिम पाउडर देखी पसल भाडा र दैनिक उपभोग्य सामानहरुको समेत महंगी बढेको सैलुन ब्यवसायीहरु बताउछन् । काठमाण्डौको सिनामंगलमा २० वर्ष देखी सैलुन ब्यवसायी गदै आएका एक ब्यवसायी बताउछन् : सबै सामानको भाउ बढेको छ, लगाउने, खाने, चलाउने देखी शिक्षा, स्वास्थ सम्म तर सैलुन ब्यवसायीहरुको बिगत ३ वर्ष देखी उस्तैछ ।

सैलुन ब्यवसायीहरुको रेट किन नबढेको त ? प्रश्नमा : नेपालमा नाईको नाममा खोलिएका ४ ओटा नाई संघहरु रहेको बताएका छन् । देशभरीमा नाई सैलुन ब्यवसायीहरुको हकहित, अधिकारको लागी नेपाल नाई संघ, राष्ट्रिय नेपाल नाई संघ, अखिल नेपाल नाई राष्ट्रिय मजदुर संघ र नेपाल नाई टे«ड युनियन रहेको छ । तर सैलुन ब्यवसायीहरुको समस्याहरुको बारेमा अनविज्ञ जस्तै मुखदर्शक बनेर बसेको ब्यवसायीहरुको आक्रोस छ । समस्या परेको बेला फोन समेत उठाउन नमान्ने नाई संघका अध्यक्षहरु उनिहरुलाई आवश्यक परेमा मात्र रेटकार्ड लिएर पसल पसलमा आउने र ब्यक्ति अनुसार आफन्त र चिनजानकालाई निशुल्क र बाकिको लाई रु१०० देखी १०००, १५०० सम्म लिने गरेको बताएका छन् । देशमा अत्याधिक मात्रामा सबैचिजको मुल्य बृद्धी भएको हुनाले नाई, सैलुन ब्यवसायीहरुले आफ्नो ब्यवसाय र कलाको पनि उचित मुल्याङ्कन गरी मुल्य बृद्धी गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0