NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

नेपाली कांग्रेशबाट रमेश महतो आफ्नो वडामा सदस्यको लागि चर्चामा

नेपाली कांग्रेशबाट रमेश महतो आफ्नो वडामा सदस्यको लागि चर्चामा

 

चैत २८ गते ।
जनकपुरधाम : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट आवद्ध व्यक्तित्वहरुले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न विभिन्न खालका राजनीतिक हथकन्डा अपनाउने गरेका छन् ।

यसैक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका बिकासका कामहरुप्रति सर्बसाधारण जनताहरुले असन्तुष्टि समेत व्यक्त गरेको अवस्था छ । देशभरी राजनीतिमा युवा सहभागिता र पुस्ता हस्तान्तरण गर्ने व्यापकता बढ्दै गरेको कारण निर्वाचनमा विभिन्न युवाहरुले समेत रुचि देखाइरहेको अवस्था छ ।

जनताले चाहेको काम नभएको गुनासोले नै जनप्रतिनिधि छान्ने क्रममा जनताले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १४ को नेपाली कांग्रेशबाट सदस्यमा रमेश महतोको चर्चा चलेको छ ।समाज सेवामा विगत एक दशकदेखि नै समाज मुख्य भुमिका खेल्दै आएका युवा समाजसेवी रमेश महतो आफ्नो वडाको सदस्यको लागि प्रबल क्यान्डिडेट मानीएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1