NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन : महामन्त्री पदमा यादव र श्रेष्ठको मतपरिणामा विवाद

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन : महामन्त्री पदमा यादव र श्रेष्ठको मतपरिणामा विवाद

 

पुष ९ गते ।
जनकपुरधाम  : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको मतगणना स्थलमा विवाद भएका छन् । महामन्त्री पदमा अगाडि देखिएका कोइराला समुहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यक्रताहरु मतगणना स्थल पुगेर होहल्ला गर्न थालेपछि विवादको स्थिती सृजना भएको छ ।

अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । औपचारिक घोषणा हुन वाँकी रहेपनि मतपरिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसै गरि महामन्त्रीको एक पदमा उपेन्द्र कुमार यादब विजयी भएपनि नरेश यादव र बृहस्पति कृष्ण श्रष्ेठको मतपरिणाम विवादमा परेपछि मिलाउने काम भइरहँदा विवाद भएको छ ।

सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी हुन । औपचारिक घोषणा हुन भने वाँकी छ भने मतपरिणामको विस्तृत विवरण आउन वाँकी रहेको छ ।

-एसपी खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1