पुस ८ गते।
जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन नयाँ नेतृत्वको लागि मतदान सुरु भएका छन् । विहान ८ बजे भनिएको मतदान करिब १० बजेबाट सुरु भएको हो ।
शेरबहादुर देउवा समूहका सभापति उम्मेदवार कृष्णा राय यादव र बिमलेन्द्र निधी( शेखर कोइराला समूहका सभापति उम्मेदवार रासरोज यादव सुरुमा मतदान गरेका हुन।
बुधबार (हिजो) दुवै उम्मेदवार पक्षबीच झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो । आज मतदानस्थल जनकपुरको गोपाल धर्मशालामा कडा सुरक्षाको प्रबन्ध मिलाइएको छ।
पदाधिकारी तथा सदस्यसहित ७४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि १८० जना उम्मेदवार छन् । प्रदेशभरका १९८० प्रतिनिधीले मतदान गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1