NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नेपाली नागरिकता लिने दार्जीलिङकी रजनी राई प्रहरीको खोजिमा

नेपाली नागरिकता लिने दार्जीलिङकी रजनी राई प्रहरीको खोजिमा

बारा । नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि भारत दार्जलिङकी २१ वर्षीया रजनी राई यतिबेला बारा प्रहरीको खोजी सूचिमा छिन ।बाराको सिमरास्थित ईलाका प्रशासन कार्यालयबाट असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी त्यसयता सम्पर्कविहीन भएपछी प्रहरीले खोजि कार्य तिब्र बनाएको छ ।गत जेठ २३ गते निजगढ नगरपालिका वडा नं.१२ ले दिएको सिफारिसका आधारमा रजनीले ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता प्राप्त गरेकी हुन् ।नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेश गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेपछी अहिले उनी फरार भएकी छिन् ।निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुवा र जिरामाया गोलेलाई आमा बनाउँदै जेठ २३ गते रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले सोही जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन् ।
नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी रजनीले जेठ २३ गते जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएकी र सोही दिन जन्मदर्ता प्राप्त गरेको पाईएको छ । २०५८ साल चैत्र १५ गते जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेकी थिइन् । तर रजनी भारतीय नागरिक रहेको प्रमाण खुल्ने भारतीय भोटर आईडी कार्ड र आधार कार्ड फेला परेपछी उनी भारतिय नागरिक भएको प्रष्ट भएको हो ।

जन्मदर्ताको आधारमा जेठ २४ गते रजनीले नागरिकताका लागि निवेदन दिएकी थिइन् । नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूचि १ फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ । तर रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचय पत्रमा उनको बुवाको नाम किशोर राई उल्लेख छ । नक्कली विवरण भरिएको अनुसूचि फारमसहित निजगढ नगरपालिका वडा नं १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते ईलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो ।
यता वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताएका छन् । कागजपत्र सबै ठिक थियो, गाँउको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो, वडाध्यक्ष गोलेले भने, तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ । त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छुं ।

वडाध्यक्ष गोलेकै सिफारिसका आधारमा भारतीय नागरिकले नागरिकता प्राप्त गरेपछि यतिबेला उनीसमेत छानविनको दायरामा तानिएका छन् । ईलाका प्रशासन कार्यालय सिमराले वडाध्यक्ष गोलेसहित रजनीको नक्कली अभिभावकलाई नागरिकतासहित उपस्थित गराउन निजगढस्थित ईलाका प्रहरी कार्यालयलाई पत्र काटेको छ । यसअघि नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन पत्र काटेको प्रशासनले उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा पत्र काटेको जनाएको छ ।नेपाल फेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0