NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

नेपाली बजारमा चिनियाँ ब्रान्डका विद्युतीय चुलोको बिगबिगी ।

नेपाली बजारमा चिनियाँ ब्रान्डका विद्युतीय चुलोको बिगबिगी ।

काठमाडौं ।
विद्युत खपत बढाउने भन्दै विद्युतीय चुलोको प्रयोगमा सरकारले अनुदान दिँदै आएको छ । सरकारी नीतिअनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले समेत ८० प्रतिशत अनुदानमा इन्डक्सन चुलो वितरण गरिरहेको छ । उपभोक्ताले पनि विद्युतीय चुलो खरिद गर्दै प्रयोग गर्ने रुची बढाइरहेको देखिन्छ ।

विद्युतीय चुलोको माग बढ्दो छ । माग बढेसँगै नेपाली बजारमा एकदर्जनभन्दा बढी किसिमका विद्युतीय चुलो चीनलगायतका देशबाट आयात भइरहेको छ । भन्सार विभागका अनुसार चालु आवको १० महिनामा नै १ लाख ६२ हजार ५ सय ५ पिस विद्युतीय चुलो आएका छन् ।

यसरी आयात भएकोमध्ये १ लाख ४३ हजार ९ सय ८३ वटा चुलो चीनबाट मात्रै आयात भएको छ । जुन संख्या आयात भएको ८८.६० प्रतिशत हो । यसबाहेक १८ हजार ५ सय २२ थान विद्युतीय चुलो भने भारतलगायत अन्य देशबाट आयात भएको छ ।

नेपाली बजारमा चिनियाँ ब्रान्डका विद्युतीय चुलोको नै बिगबिगी छ । तर यसरी आएको चुलोको गुणस्तरमा भने कुनै पनि मापदण्ड छैन । केन्द्रले आफूले खरिद गर्ने चुलोका लागि गुणस्तर तथा नापतौल विभागसँगको सहकार्यमा बनाएको एउटा राष्ट्रिय मापदण्डबाहेक विद्युतीय चुलोको कुनै गुणस्तर मापदण्ड छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0