NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

नेपाल एयरलाइन्सको वाइडबडी ए३३० अन्नपुर्ण जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

नेपाल एयरलाइन्सको वाइडबडी ए३३० अन्नपुर्ण  जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

१५ वैशाख काठमाडौं । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको छ ।

सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन ।जसले गर्दा जहाजलाई उपकरणको सहायतामा पछाडि सारेर मोड्नु परेको छ । जसले गर्दा जहाज करीव २० मिनेट अवतरणपछि पनि धावनमार्गको छेउमा रोकिएको थियो ।

‘जहाज परीक्षण उडानका क्रममा भएका कारण पाइलटले भेउ नपाएको हुन सक्छ,’ ती प्राविधिकले भने । जहाजलाई मोडिसकेपछि भने पानीको फोहराले जहाजको स्वागत गरिएको छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक जहाजबाट परीक्षण उडान गरिएको हो ।
जसले गर्दा जहाजलाई उपकरणको सहायतामा पछाडि सारेर मोड्नु परेको छ । जसले गर्दा जहाज करीव २० मिनेट अवतरणपछि पनि धावनमार्गको छेउमा रोकिएको थियो ।
यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0