NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

नेपाल पिछडावर्ग (OBC) महासंघलाई ठुलाे झड्का केन्द्रीय अध्यक्ष ठाकुरले दिए राजिनामा !

नेपाल पिछडावर्ग (OBC) महासंघलाई ठुलाे झड्का केन्द्रीय अध्यक्ष ठाकुरले दिए राजिनामा !

पंकज शर्मा, सिरहा ।
नेपाल पिछडावर्ग OBC महासंघका भातृ संगठन नेपाल पिछडावर्ग OBC विद्यार्थी संघका केन्द्रिय अध्यक्ष माेहन ठाकुरले राजिनामा दिएका छन् । अध्यक्ष ठाकुर २०७७ सालदेखि पिछडावर्गकाे हक हितको लागि विभिन्न माग राखि आन्दोलन तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आए पनि महासंघले कुनै क्षेत्रमा नसघाएकाे भनेर असन्तुष्ट बन्दै गएका थिए । अध्यक्ष ठाकुरले भने पिछडावर्ग विद्यार्थीको हक हित, अधिकारको लागी विभिन्न कामकाज गर्न आतुर रहदा पनि विद्यार्थी संघप्रती महासंघको कुनै चासो, सहयोग भावना नभएकोले विद्यार्थीहरुको लागी चाहेको जती कार्य गर्न नसकेको कुरा पनि अवगत गराउदछु । त्यसर्थ यो विद्यार्थी संघको केन्द्रिय अध्यक्ष जस्तो गरिमामय पदमा बसी रहन नैतिकताले पनि नदिएको हुदा मैले यस नेपाल पिछडावर्ग (OBC) विद्यार्थी संघको केन्द्रिय अध्यक्षको पदबाट राजिनामा गरेको छु ।
र अन्त्यमा सदैव पिछडावर्ग (OBC) को लागी आवाज, सहयोग तथा अधिकार प्राप्तीको लागी मेरो साथ रहने छ भन्दै राजीनामा पत्रनै कटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0