नाया एसपी रजौरे
कार्तिक ७ गते ।
जनकपुरधाम : नेपाल प्रहरीका २ विवादित प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले धनुषाको प्रकाश राणाभट र सर्लाहीका सन्तोषसिंह राठोरलाइ प्रहरी प्रधान कार्यालय तानेर नाया एसपी पठाएका छन् ।
लागु औषधमा मुद्दामा चलखेल भएको र प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपी संग कार्यलयमासँगै बसेर तास खेल्ने धनुषाको र सर्लाहीका प्रहरी उपरीक्षक ( एसपी ) काज सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा रहेका प्रहरी उपरीक्षक (एसपी ) रजौरेलाइ धनुषामा र प्रदेश २ मा प्रदेश प्रहरी कार्यलयमा रहेका प्रहरी उपरीक्षक ( एसपी ) कृष्ण प्रसाइलाइ सर्लाहीमा काज सरुवा गरेका हुन् ।
एसपी रानाभट लागु औषधमा मुद्दामा गत फागुनमा पक्राउ परेका आरोपिहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो ।
यसै विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान
गरिरहेको जनाइए पछि प्रहरी प्रधान कार्यलयले अहिलेसम्म कनै प्रमाण सर्वजानिक गरिएको छैन ।
२०७८फागुन ८ गते धनुषाको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले बटेश्वरमा पप्रतिबन्धित लागू औषध सहित तीन जनालाइ प्रहरी पक्राउ गरेका थिए ।
लागू औषध्सहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका २ का रोशन ठाकुर , केशव सिंह र साहिल सिंह रहेका थिए । त्यसै गरि सर्लाहीका एसपी सिंहले कर्यलयमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको थिए ।