NSW News

६ असार २०८१, बुधबार
ENGLISH

नेप्से घेराउ गर्न जादा लगानीकर्ता माथि प्रहरीद्वारा हस्तक्षेप, लगानीकर्ताका संघसंगठनले गरे भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

नेप्से घेराउ गर्न जादा  लगानीकर्ता माथि प्रहरीद्वारा हस्तक्षेप, लगानीकर्ताका संघसंगठनले गरे भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले पुँजीबजार सुधार र विकासका लागि आन्दोलन सुरु गरेका लगानीकर्ताहरुमाथि प्रहरीले गरेको हस्तक्षेपको भर्त्सना गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्ने क्रममा लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले संघर्ष समितिका संयोजक तिलक कोइरालासहित ५ जनालाई पक्राउ पनि गरेको छ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त विज्ञप्ति निकालेर भर्त्सना गरेका हुन्। फोरम अध्यक्ष तुलसीराम ढकाल र संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारी विज्ञप्तिमा राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई संकुचित पार्ने विभिन्न बुँदाहरु राखेको र अप्रकृतिक रुपमा पुँजीबजारलाई प्रभावित पारेको उल्लेख छ।

यिनै नीतिविरुद्ध आज नेप्से प्राँगणमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

लगानीकर्ताका माग तत्काल सम्बोधन गरी पक्राउ परेका सबैलाई यथाशीघ्र बिनासर्त रिहा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0