NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

नो अब्जेक्सन लेटर (एनओसी) निर्देशिका २०७९को विरोधमा कन्सल्टेन्सी व्यवसायी आन्दोलित

नो अब्जेक्सन लेटर (एनओसी) निर्देशिका २०७९को विरोधमा कन्सल्टेन्सी व्यवसायी आन्दोलित

काठमाडौँ ।
सरकारले पढ्नका लागि विदेश जाने विद्यार्थीका लागि जारी गरिने नो अब्जेक्सन लेटर (एनओसी) लाई व्यवस्थित गर्न ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ जारी गरेको छ । तर, यो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले उक्त निर्देशिकाप्रति असहमति जनाउँदै सोमबारसम्म आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

निर्देशिका नियमन तथा व्यवस्थित गर्ने नभई नेपाली विद्यार्थीलाई विदेश पढ्न जान रोक लगाउनका लागि ल्याइएको उनीहरुको आरोप छ । पढ्नका लागि विदेश जाने विद्यार्थीका लागि कन्सल्ट्यान्ट गर्न खोलिएका शैक्षिक परामर्श संघहरुले उक्त निर्देशिका तत्काल खारेज गर्न माग गरेका छन् ।

विभिन्न ७ वटा संस्थाले निर्देशिका नेपाल र नेपाली विद्यार्थी तथा व्यवसायीको हित विपरीत आएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष प्रकाश पाण्डेले निर्देशिका केही संशोधन गरेर आए पनि त्यसभित्रका थुप्रै बुदाँ अस्पष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0