मंसिर २ गते ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवम् पुर्व मन्त्री मात्रिका प्रसाद यादवले न्यायालयभित्र देखिएको विवाद राजनीतिक विवाद भएको बताएका हुन । न्यायालयको विवाद राजनीतिक विवाद भएकाले त्यसको समाधानका लागि ‘अग्रगमनकारी शक्ति’ले पहल लिनुपर्ने यादवको भनाई छ ।
विवाद समाधान गर्न जति विलम्ब हुन्छ त्यती नै घातक हुने चेतवानी दिँदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो समस्या राजनीतिक समस्या नै हो । प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनु पर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ ।
सबै अग्नि परीक्षामा रहेको भन्दै यादवले यो समस्यालाई न्यायपालिकाको विषय मात्रै भनेर पन्छिन नहुने पनि बताएका छन । ‘हामी सबै अग्नि परीक्षा छौं , उनले भने, ‘त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।
समस्या हल गर्नका लागि सबै अगाडि आउनुपर्ने उल्लेख गर्दै उनले भनेका छन, ‘अतः स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासन सहितको न्यायपालिकाको विषय नेपाल बार एशोसिएशन र न्यायपालिकाको आन्तरिक झगडा नठानेर वर्तमान उपलब्धिको रक्षार्थ सबै अग्रगमनकारी शक्तिलाई एकजुट भएर समस्या हल गर्नको लागि अगाडि आउन सबैमा हार्दिक अनुरोध गर्दछु ।