कार्तिक २
काठमाडौँ ।
बाँकेको नेपालगञ्जदेखि २० दिन पैदल यात्रा गरी न्याय माग्दै काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरूलाई अहिलेसम्म न्याय मिलेको छैन ।
उनीहरू असोज २२ गते नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी न्याय माग्न काठमाडौं आएका हुन्।
असोज २४ गते आइतबार गृह मन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आइतबार सिंहदरबारमा महिला अधिकारकर्मीहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै उनलाई नकुन्नी र निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताएपनि बाँकेबाट आएको महिला तथा अधिकारकर्मीको टोली भने अझै कारबाहीको माग गरी धर्नामा नै बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1