NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

गाैरी नारायण ठाकुर,सिरहा, मंसिर १९ । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन ।

नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले ” आफूहरुको फोटो किन खिचेको ” भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए ।

गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक प्रदेश ०१ _००१_बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए ।

पालिका अध्यक्षका छोरा चन्दन यादवको नेतृत्वमा आएका युवाहरुले पत्रकार सिंहलाई निर्घात कुटपिट गरेको घटनाप्रति पत्रकार महासंघ सिराहा शाखाले अाफ्नो गम्भिर ध्यनाकर्षण गर्दै घटनाको सत्य तथ्य बुझी दोषीमाथि कारबाहीको माग गर्दै बिजिप्ती जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0