NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

पर्साको ग्रामीण भेगमा सातोमाईको मेला आज बाट सुरु

पर्साको ग्रामीण भेगमा सातोमाईको मेला आज बाट सुरु

मंसिर २ गते ।
जनकपुरधाम : पर्साको ग्रामीण भेगमा लाग्ने कातिक शुक्ल चतुर्दशीका सातोमाईका मेलाहरु आज बाट विधिवद सुरु भएका छन्। आजको दिन जिल्ला वन कार्यालय अन्तर्गतका जंगलमा लाग्ने पाच वटा शक्तिपिठहरुमा लाग्ने मेला लाग्ने भएका छन। ठोरी गाउपालिका वडा ५ मा रहेका बाघमोर्चा माई, जिराभवानी गाउपालिका वडा नं ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभाई माई र पर्सागढी नगरपालिका वडा नं ३ रहेका आमोदेवी माईको मेला यस पाली भव्य रुपले हरेक साल लाग्दै आएका हुन् ।

जीराभवानी गाउपालिका वडा नमर पाच सखुवनिया निवासी मुक्ति दास थारुले बताए मेला लगाउने एसपाली प्रसानले अनुमती दिएका हुदा मेलाहरु धुमधमका साथलाग्ने बताए । आज दिनमा मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने र भोली पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्ने थारुले बताए।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार मेला लागने दिने मेला हो हला जुवा तास जाड रक्सी पुर्ण रुप्ले बन्देज रहेको सम्बन्धित मेला समितिलाई सूचना दिइ सकेको बताए। नमाने प्रहरीले मेला उठाउने प्रहरी निरीक्षक थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0