NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा १९ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा १९ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत

पर्सा।
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा १९ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले मनोमानी रुपमा इन्धन वितरण गरेपछि ११ महिनाको अवधिमा ९२ लाख रुपैयाँ बराबरको इन्धन खपत भएको हो ।

जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु जनताको काममा हिँड्नु नै पर्छ । पक्कै उनीहरुलाई पालिकाले इन्धन, यातायात, भत्ता दिनैपर्छ । तर सखुवाप्रसौनीका अध्यक्ष यादवले गरेको इन्धन खर्च हेर्ने हो भने उनी २४ सै घण्टा जनताको काममा हिँडेको जोड्दा पनि पुग्दैन । अध्यक्ष र अधिकृतद्वयले वैशाखसम्ममा इन्धनमा मात्रै ९२ लाख ५ हजार ३९ रुपैयाँ सकाएका छन् ।

उनीहरुले आफ्नो निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाएका छन् । इन्धन वितरण गर्न अध्यक्ष र अधिकृतले मात्रै कुपन वितरण गर्ने गरेको अवस्थामा यसरी अप्रत्यासित रुपमा इन्धनको नाममा जनताको पैसामाथि रजाई गर्ने जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतले ११ महिनाको अवधि पुरा हुँदाहुँदै १ करोड नाघ्ने अवस्था छ ।

उनीहरुले २०७९ भदौ महिनामा ७ लाख ७४ हजार ४५४ रुपैयाँ, असोज महिनामा ५ लाख ७७ हजार ६० रुपैयाँ, कात्तिकमा १३ लाख १८ हजार ८६७ रुपैयाँ, मंसिरमा ८ लाख ७६ हजार ५८२ रुपैयाँ, पुसमा ४ लाख ८८ हजार १३४ रुपैयाँ, माघमा १३ लाख २३ हजार ७९३ रुपैयाँ, फागुनमा ३ लाख ५३ हजार ११९ रुपैयाँ, चैतमा ८ लाख ६३ हजार १२४ रुपैयाँ, २०८० वैशाखमा ७ लाख ३० हजार ६९० रुपैयाँ तथा जेठ १० गतेसम्म ६ लाख ३२ हजार ७६१ रुपैयाँ बराबरको इन्धन मात्रै सकाएका छन् ।

जनताले तिरेको करमाथि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको खुलेयाम लुटतन्त्र छ । गाउँपापलिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निगरानी गरि रहेको अवस्थामा पनि रति भर नडराउने चतुर भ्रष्टाचारी अधिकृत साह जहाँ गएपनि जनप्रतिनिधिको मिलोमतोमा खुलेयाम भ्रष्टाचार गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0