NSW News

३ असार २०८१, आईतवार
ENGLISH

पीजीको एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि सुरू हुने

पीजीको एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि सुरू हुने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले मंगलबार एक सुचना निकाल्दै पिजी परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने जनाएको छ ।परीक्षा सुरू हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।परीक्षाहलमा प्रवेश गर्न परीक्षार्थीले नेपाली नागरिकताको (प्रमाणपत्र सक्कल),विदेशी परीक्षार्थीको हकमा पासपोर्ट र निजले अनलाइन आवेदनसंग पेश गरेको सक्कलै कागजात लिएर आउनुपर्नेछ । त्यसैगरी, परीक्षार्थीले परीक्षा सञ्चालन हुनभन्दा २ घन्टा अगाडी नै परीक्षाको केन्द्रमा उपस्थित हुनुपर्नेछ ।परीक्षा सुरु भएको १५ मिनेट पछि परीक्षा हलमा प्रवेश गर्न पाइने छैन । परीक्षार्थीले रोल नम्बर र प्रश्नप्रत्र सेटको बबल नभरेका उत्तरपुस्तिकामा रद्द गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0