NSW News

३ असार २०८१, आईतवार
ENGLISH

पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो ।उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए। त्यसबापत १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने फ्रुटकिपिङको काम लगाइदिने भनेर विश्वासमा लिएको एसपी रेग्मीले बताए ।

त्यसरी प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागमा उजुरी परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो।प्रहरीले उनलाई पक्राउ गरी विभागको कार्यालयमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0