,
कार्तिक ३० गते ।
जनकपुरधाम : प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरिएको छ । मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी अहिले आफैँले सम्हालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरेका हुन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई नमानेपछि यादवलाई बर्खास्त गरिएको बताइएको छ ।
पुर्व मन्त्री रायले भने ‘मुख्यमन्त्रीको कार्यालयमा साइकल खरिबमा भ्रष्टाचार भएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ, त्यसको आधारमा मुख्यमन्त्रीले नै राजीनामा दिनुपर्ने हो तर उल्टै मलाई कुन आधारमा पद मुक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1