पुस १३ गते ।
जनकपुरधाम : प्रदेश २ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।रौतहटको गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना भएको छ ।
दुर्घटनामा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने दुर्घटनामा ‘पाँच जनाको गएका छन् ।’
उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।
प्रवक्ता मल्लका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताएका छन् ।