NSW News

६ असार २०८१, बुधबार
ENGLISH

प्रदेश २ : पत्रकारहरुलाई समाचार संकलनमा अवरोध , पत्रकारहरुद्रारा सञ्चार समाग्री राखेर आन्दोलन

प्रदेश २ : पत्रकारहरुलाई समाचार संकलनमा अवरोध , पत्रकारहरुद्रारा सञ्चार समाग्री राखेर आन्दोलन

माघ ३ गते ।
जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई अवरोध गरेपछि सञ्चार समाग्री राखेर विरोध गरिरहेका छन् ।

आज राजधानी र नामका लागि जारी मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि तिनीहरुले क्यामेरा डाउन गरेका छन् ।

झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि मतदान हुँदैछ् ।

कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाएको हो ।

सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाईमा पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् । तिनीहरु अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0