NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

प्रदेश २ मा नेकपा एसबाट २ जना मन्त्री पदको लिए शपथ

प्रदेश २ मा नेकपा एसबाट २ जना मन्त्री पदको लिए शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि  सरकारमा सहभागी भएको छ । आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र साँसद प्रमोद यादव मन्त्री पदको शपथ लिएका छन्  ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ साँसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएनन् । सहमती जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।

काठमाडौंमा भएको सहमती अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई कार्तिक ३० गते पदबाट बर्खास्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0