NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

प्रदेश २ मा २ जना नयाँ मन्त्री नियुक्त हुने

प्रदेश २ मा २ जना नयाँ मन्त्री नियुक्त हुने

 

मंसिर ३ गते ।
जनकपुरधाम : प्रदेश २ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मा नेकपा एस दिने भएको छ ।

लामो संवादपछि दुई मन्त्रालय लिएर नेकपा एस सरकारमा जान सहमति भएको हो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो ९धनुषा० र सांसद प्रमोद यादव ९सिरहा०लाई मन्त्री नियुक्त हुने निर्णय गरेको सा्रेतले जनाएका हुन् ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।

एउटा राज्यमन्त्री दिने सहमती भएपनि तत्काल शपथग्रहण नहुने बुझिएको छ । कार्तिक ५ गते आइतबार दिउसो २ बजे नयाँ मन्त्रीको शपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0