NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

प्रधानमन्त्री मोदीलाई एक महिना पहिला कालो झण्डा देखाउने रिता यादवमाथि गोली प्रहार

प्रधानमन्त्री मोदीलाई एक महिना पहिला कालो झण्डा देखाउने रिता यादवमाथि गोली प्रहार

 

पुस २० गते ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी एक महिलामाथि गो’ली प्रहार गरेको छ । प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गो’ली प्रहार भएको हो ।

खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । गो’ली प्रहार गर्नेहरुको पहिचान भएको छैन् । प्रहरीले खोजी गरीरहेको जनाएको छ ।

घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख छ । उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पे’स्तो’ल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गो’ली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’

नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् । कालो झण्डा देखाएकै कारण पक्राउ परकी यादव दुई दिनपछि रिहा भएकी थिइन् । यो घटनाको एक महिनापछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् ।

तर, गो’ली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहेरनरहेको खुल्न बाँकी छ । ति महिलाले पनि कालोझण्डा देखाएकै कारण आफूमाथि हमला भएको कुरा बताएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0