NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

प्रभुको हत्यामा संलग्न २ जना पक्राउ

प्रभुको हत्यामा संलग्न २ जना पक्राउ

प्रभुको हत्यामा संलग्न २ जना पक्राउ

जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् ।दुवै जनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जग्गा सम्बन्धि विवादलाई लिएर कुटपिटबाट प्रभुको मृत्यु खुल्न आएको समेत प्रहरीले जनाएको छ ।पहिलादेखि चलिरहेको जग्गा सम्बन्धि विवादलाई लिएर बिहीबार राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवार प्रभुको घरमा पुगेका थिए ।सोही ठाउँमा आक्रमण गर्दा प्रभुको मृत्यु भएको परिवारजनाको भनाइ छ ।घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0